१४ भदौ, हङकङ । ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडको हङकङ इकाईले आफ्ना सेयर सदस्यहरुलार्इ सेयर प्रमाणपत्र बितरण गरेको छ । कम्पनीको तर्फबाट सोमवार हङकङको फुलवारी क्लबमा एक कार्यक्रमको आयोजना गरी शेयर प्रमाणपत्र बितरण गरिएको हो । नेपालको कृषि क्षेत्रमा लगानी गर्ने मुख्य उदेश्य राखेर कम्पनीले केहि बर्ष भित्रै नेपाललाई प्राङ्गारिक राष्ट्र घोषण गरिने लक्ष्य लिएको जिसिआइका बोर्ड डाइरेक्टर ललित आङबुहाङले बताउनुभयो ।
आधुनिक प्रविधिबाट खेती गर्ने, वायु तथा सौय शक्तिबाट बिजुली उत्पादन गर्ने, पर्यटन प्रवर्धन तथा रियल स्टेटमा लगानी गर्ने उद्देश्यले जिसिआईको स्थापना गरिएकाले नेपाल र प्रवासमा रहेका नेपालीहरुको बचत पूँजी लगानी गरी नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने उद्देश्य राखेको पनि आङबुहाङले बताउनुभयो ।निकट भविष्यमा जिसिआईले काठमाण्डौको तारे होटल तथा मिसन कार्यालयहरुमा अर्गानिक तरकारी सप्लाई गर्ने योजनामा रहेको पनि उहाँले जनाउनुभयो । आङबुहाङले ढुक्क भएर नेपालको अर्थतन्त्र परिवर्तन गर्न अभियान सुरु गरिसकेको जिसिआईमा लगानी गर्न सबैलाई आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रममा लगानी गरेर प्रमाणपत्र लिने शेयर सदस्यहरुलाई बोर्ड डाईरेक्टर आङबुहाङले बधाई तथा शुभकामना दिनुभएको थियो ।
केही महिना अघि मात्र विशेषज्ञ टोली खटाई पूर्वी पहाडी ताप्लेजुङ जिल्लाको निघुरादिन, चॉगे तथा ढुंगेसाघु गाविसमा ५ हजार कफिको विरुवा सारिसकिएको र छिट्टै ताप्लेजुङलाई कफि खेतीको पकेट क्षेत्र बनाउने गरी यसको बिस्तार गरिने पनि कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा बोर्ड सदस्य ज्यासबहादुर ओख्राबुले कम्पनि नेपाल र हङकङमा मात्र सिमित नभई यूरोप, जापान, आएरल्याण्ड, दुवई लगायत अन्य ३५ देशहरुमा इकाई गठन गरी लगानी गर्ने गराउने कार्य तिव्र रुपमा भै रहेका बताउनुभयो । जिसिआई नेपाल तथा नेपाल बाहिर रहेका लगानीकर्ता नेपालीहरुको संयोजनबाट सञ्चालित कम्पनी भएकोले देश विदेशको अनुभवको संयोजन गरी नेपालको बिकासमा प्रयोग गरिने पनि ओख्राबुले बताउनुभयो । जि सि आईले लिएको उद्देश्यमा नेपाल सरकारको पनि उत्तिकै सहयोग र समर्थन भएकाले ढुक्क भएर कम्पनीमा लगानी गरी आकर्षक मुनाफा लिन उहांले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिसिआईका अध्यक्ष देवमान हिराचनले पठाउनुभएको शुभकामना मन्तब्य पढेर सुनाईएको थियो । मन्तब्यमा अध्यक्ष हिराचनले सेयर प्रमाणपत्र लिनुहुने सदस्यहरुलाई बधाइ एवं शुभकामना दिदै ढुक्क भएर कम्पनीले सञ्चालन गरेको नेपाललाई केहि बर्षभित्र आर्थिक परिवर्तन गर्ने अभियानलार्इ साथ दिन आग्रह गर्नुभएको थियो । उहाँले प्रत्यक सदस्यहरुले गरेको लगानीको सदुपयोग गरी कम्पनीले लिएको उद्धेष्य प्राप्तीमा प्रतिवद्ध हुने प्रतिवद्धता पनि ब्यक्त गनुभयो । कार्यक्रममा हङकङबाट कम्पनीमा सेयर लगानी गर्ने शेयर सदस्यहरुलाई सेयर प्रमाणपत्र बितरण गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4