१६ भदौ, काठमाण्डौं । रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको आज ९ बर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते अर्थात आजकै दिन इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रण गरेका थिए ।
इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छ्रन । इराकमै रहेर काम गर्दै आएका ३० हजार भन्दा बढी नेपाली युवा कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले २ वर्ष अघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतजलाई नेपाल सरकारले अनुमति दिएको हो । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताएको छन् ।
सोही लिनको सम्झनामा वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।
प्रतिक्रिया 4