Comments Add Comment

निक्कै कारुणिक आवाजमा श्रीकृष्णको सन्देश-‘एकसाथ बसेर फिल्म प्रदर्शन गर्न सकिन’

shree-and-sweta
डीप निमोनिया भएपछि दिल्लीमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठले दर्शक र मिडियाका लागि एक सन्देश पठाएका छन् । अडियो सन्देशमा श्रीकृष्णले आफ्नो सपना ‘कोहिनुर’ बनाएर पुरा गरेपनि एकसाथ बसेर सिनेमा प्रचारमा हिड्न नसकेको बताएका छन् । उनले सबैको माया पाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

आवाजमा समस्या भएपछि श्रीकृष्ण दिल्लीमा उपचार गराइरहेका थिए । तर केही समयअघि मात्र डाक्टरले उनलाई डीप निमोनिया भएको खुलाएको नायिका तथा श्रीकृष्णकी धर्मपत्नी स्वेता खड्काले अडियो सन्देशमा भनेकी छिन् ।

अडियोमा श्रीकृष्णको आवाज निक्कै कारुणिक सुनिएको छ । जसले गर्दा पनि उनी राम्रोसँग बोल्न अझै नसकेको वुझ्न सकिन्छ । भोलीबाट उनले बनाएको चलचित्र ‘कोहिनुर’ देशभरका हलमा प्रदर्शनमा आउँदैछ । तर मुख्य कलाकार नै नभएकाले चलचित्र प्रचारमा निर्देशक आकाश अधिकारी मात्र अगाडि देखिएका छन् । श्रीकृष्ण र स्वेताले पठाएको अडियो सन्देश यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment