+
+
Shares

सलमानले तोडे शाहरुखको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते २०:५९

Salmanमुम्बई । ‘किङखान’को उपाधि पाएका शाहरुख खानको रेकर्ड सलमान खानले तोडेपछि दुईखानको सितयुद्ध फेरि सुरु हुने सम्भावना बढेको छ । सलमान अभिनित ‘किक’ले शाहरुखको ‘चेन्नई एक्सप्रेश’ को रेकर्ड तोडेको छ ।

किकले अहिलेसम्म २२७ करोड कमाई गरेको छ भने, शाहरुखको चेन्नई एक्सप्रेशले २२६ करोड कमाई गरेको थियो । चेन्नई एक्सप्रेश गएको वर्ष ईदमा रिलिज भएको थियो भने उक्त फिल्मले सलमानको ‘एक था टाईगर’लाई पछारेको थियो । ‘किक’ बलिउडमा सर्वाधिक कमाई गर्ने मध्ये तेस्रो फिल्म भएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै ‘धुम ३’ ले २८० करोड कमाई गरेको छ भने ऋतिक रोशन अभिनित ‘क्रिश ३’ २४० करोड कमाई गरेको थियो । समिक्षकहरुले सलमानले ऋिितकको पनि रेकर्ड तोड्न सक्ने अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?