+
+
Shares

डा. राउतलाई तत्काल रिहा गर : पदमरत्न तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते १४:१४

२९ भदौ, काठमाडौं । तराई मधेशलाई नेपालबाट अलग गर्ने अभियान सञ्चालन गरेको आरोपमा पक्राउ परेका डा. सीके राउतलाई बिना शर्त अबिलम्ब रिहा गर्न पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना लगायतका अधिकारकर्मी एवं लेखक र साहित्यकारले माग गरेका छन् ।

समूहको तर्फबाट आइतबार पद्मरत्न तुलाधरले विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकार प्रयोग गर्दा राउतलाई प्रहरीले गैरन्यायिक तवरबाट गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘डा. सीके राउतले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण तवरले आफ्ना बिचार राखिरहेका थिए । नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने अहिलेसम्म कुनै पर्याप्त कारण बताएको छैन । राउतको गिरफ्तारीको नेपालको अन्तरिम संविधाको मर्म र भावना विपरीत रहेको हाम्रो ठहर छ ।’

उनीरुले राज्यले सीके राउतलाई पक्राउ गरेर मानवअधिकारको विश्वव्यापी मान्यता विपरितको काम गरेको बताएका छन् ।

विज्ञप्ति जारी गर्ने समूहमा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कष्ण भट्टचन, कृष्ण हाछेथु, श्याम श्रेष्ठ छन् ।  हस्ताक्षर गर्ने समूहमा बिजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्शी, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, उज्ज्वल प्रसाई, युग पाठक, चिरण मानन्धर, राजेश अहिराज लगायत छन् ।

डा.राउतलाई नेपाल टुक्राउनुपर्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले मोरङको रंगेलीबाट शनिबार पक्राउ गरेको थियो ।

Ck-raut-rihai-apil

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?