+
+
Shares

सर्वदलीय सम्मेलनमा नजाने बैद्य मोर्चाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३१ गते ११:२७

३१ भदौ, काठमाडौं । नेकपा-माओवादीसहितका ४१ दलले सर्वदलीय राजनीतिक सम्मेलनमा नजाने निर्णय गरेको छ ।

चार दलको बैठक असफल भएपछि बसेको ४१ दलको बैठकले सम्मेलनमा नजाने निर्णय गरेको छ । ‘कांग्रेस र एमालेले औपचारिक मात्र पुरा गर्न खोजे । कार्यविधि मोडालिटी केहीमा पनि सहमति गर्न नचाहेकाले हामी नजाने निर्णयमा पुग्यौं’ समाजिक लोकतान्त्रिक पार्टीका नेता ज्योति दनुवारले अनलाइनखबरसँग भने ।

अहिले बैद्य माओवादीको मोर्चाले पत्रकार सम्मेलनको तयारी गरेको छ ।

यस्तै बानेश्वरमा गोलमेचका लागि जम्मा भएका प्रमुख दलका नेताहरु छलफलमा छन् । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकार सम्मेलन गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?