+
+
Shares

बिहीबार नुवाकोटमा गोरुको भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते ८:४१

goru-judhai
३० पुस, काठमाडौं । नुवाकोटको तारुका र बेत्रावतीमा बिहीबार गोरु जुधाई प्रतियोगिता (बुल फाइट) हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघे संक्रान्तीको अवसरमा रसुवा नुवाकोट पर्यटन समाजले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘तारुकाको पौरख नेपालकै गौरव’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको अन्तिम तयारी पूरा भइसकेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले यस वर्ष तारुकामा १६ हल र वेत्रावतीमा ८ हल गोरु जुधाइने बताए ।

अधिकारीले मौलिक संस्कृतिको रुपमा स्थापित गोरु जात्रालाई नेपाल सरकारले नयाँ प्रडक्टको रुपमा प्रवर्द्धन गर्नुपर्ने बताउँदै यस मेलालाई सबै तह र तप्काबाट सहयोग गर्न आग्रह समेत गरे ।

समाजका प्रमुख सल्लाहकार दीपक महतले गोरु जात्रालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय करण गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागत र मनोरञ्जनका लागि पहिलो पटक यहाँ विशेष रुपमा गोरु जुधाइएको र त्यहीबाट तारुकामा गोरु जुधाउने परम्परालाई निरन्तरता दिइएको हो ।

Bull-Fight-Press-meet

विगतमा सोही गाविसको कोलडाँडा, चन्दनी, ठुलोपोखरीलगायतका ठाउँमा छरिएर गोरु जुधाइलाई विगत ५ वर्षदेखि नुवाकोटको तारुका-५ चन्दनी र वेत्रावतिमा एकीकृत र व्यवस्थित रुपमा मनाउन थालिएको हो ।

जात्रा हेर्न छिमेकी जिल्ला धादिङ, काठमाडौं, चितवन, रसुवा, गोरखालगायत विभिन्न ठाउँबाट आन्तरिक तथा विदेशी पर्यटकसमेत तारुका पुग्ने गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य फुर्वाग्याल्जेन शेर्पा, नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, नाट्टाका उपाध्यक्ष शम्भुराज पाठक, टानका उपाध्यक्ष कुलबहादुर गुरुङ, टीटीडीसीका अध्यक्ष रामशरण थपलिया, सोट्टोका अध्यक्ष यमबहादुर खड्का, नाराका अध्यक्ष चन्द्र दाहाललगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा टानका पूर्व अध्यक्ष तथा समाजका प्रमुख सल्लाहकार दीपक महत टुरिजम डेभलप्मेन्ट बैंकको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?