दिल्लीबाट १५ सय बोकेर मुम्बइमा राजा बन्ने सपना बोकेर आएको एक यूवक । जसले देखेका हरेक सपना ५० बर्षको उमेरसम्म आइपुग्दा पुरा भइसकेका छन् । विश्वमै सर्वाधिक फ्यान बनाउन सफल त्यो यूवक जसलाई बाल्यकालमा ‘अब्दुल रहमान’ नामले चिनिन्थ्यो । त्यही यूवक आज विश्वकै दोश्रो धनी कलाकार र ‘ग्लोबल स्टार’को रुपमा चिनिन्छ, साहरुख खान ।
साहरुखले देखेको सपना त पुरा भयो, तर उनलाई रुचाउने लाखौ नेपाली फ्यानको सपना थियो, साहरुखलाई देख्ने, भेट्ने अनि कुराकानी गर्ने । आइतबारदेखि साहरुख खान नेपाल आउने चर्चाले वातावरण तातिसकेको थियो । तोकिएको मितिमा शाहरुख नआएपछि धेरैलाई लागेको थियो अब शाहरुख नेपाल आउँदैनन् । तर, साहरुखले आफ्ना फ्यानलाई निराश बनाएनन् ।
सोमबार बेलुकी ४ बजे भीआइपी कक्षबाट बाहिर निस्कदै गर्दा सारुखले सोचेका थिएनन् होला, विश्वका अन्य देशमा जस्तै उनलाई नेपालमा पनि फ्यानले घेर्नेछन् । तर, २ बजेदेखि नै साहरुख आउने चर्चाले त्रिभुवन विमानस्थल पुगेका उनका फ्यानको भिडलाई सम्हाल्न प्रहरीलाई गाह्रो भैरहेको थियो ।
जब साहरुख विमानस्थलबाट बाहिर निस्किए, उनको नाममा हुटिङ भयो, चलचित्रमा गीतमा फ्यानहरु रमाउन थाले । साहरुखलाई पनि यसले निकै रोमाञ्चित बनायो । गाडीबाटै नेपाली फ्यानलाई नमस्कार गरे, हात हल्लाएर अभिबादन गरे । फ्यानप्रतिको प्रेममा अन्य ठाउँ झैं उनी नेपालमा पनि चुकेनन् ।
हायातमा यस्तो देखियो
विमानस्थलबाट सोझै काठमाण्डौको हायात होटल पुगेका साहरुख खानलाई त्यहाँ पनि भव्य स्वागत भयो । हायातमा आयोजना भएको पत्रकार सम्मेलनमा साहरुख खान करिब २ घन्टा ढिलो आइपुगे । साहरुखको प्रतिक्षामा बसेका पत्रकारसँग उनले लामो साक्षात्कार गरेनन् । विरुवा हातमा लिएर स्टेजमा कोट र पाइन्टमा सजिएका साहरुखले पत्रकार सम्मेलनमा लामो कुरा बोलेनन् ।
कतिले साहरुख खान दुब्लाएछन् भने त कतीले साहरुखको लुक्सको प्रशंसा गर्न थाले । उनले पत्रकार सम्मेलनमा कान्साई नेरोल्याक पेन्ट्सको फेसबुक पेज लञ्च गरे । आफ्ना केही कुरा राखे । आफूलाई दोश्रो पटक नेपाल आउँदा अत्यन्त उत्साह थपिएको बताए । फेरि पनि परिवारका साथ नेपाल आउने बताएर साहरुख खान बिदा भए ।
साहरुखले हायात होटलमा ३ वटा कार्यक्रमलाई छोटो-छोटो समय दिए । आइतबार नेपाल आउन नसक्दा साहरुख खानको समय छोटियो र उनी सोमबार नै मुम्बई फर्किए ।
याक एन्ड यतिमा डान्स
हायातमा करिब ४ घन्टा बसेपछि साहरुख दरबारमार्गस्थित याक एन्ड यती होटलमा पुगेका थिए । याक एन्ड यति होटलमा आयोजना गरिएको कार्यक्रममा साहरुखले नृत्य पस्किए । साहरुख खान हायातबाटै ढिला आएकाले पनि याक एन्ड यतिको कार्यक्रममा लामो समय बस्न सकेनन् । साहरुख आउने भएकाले याक एन्ड यतिमा सुरक्षा अत्यन्त कडा पारिएको थियो । जसका कारण पनि उनलाई हेर्न पुगेका फ्यान निराश भए ।
प्रतिक्रिया 4