+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९२ बलमा ९० रन आवश्यक
विराटनगर किंग्स 2025
58/0 (4.4)
Shares

मधेसीबारे के सोच्दैछन् सभाध्यक्ष नेम्वाङ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते २०:१३

२० भदौ, काठमाडौं । संघीय लिम्बुवान पार्टीका एक नेताले सुवासचन्द्र नेम्वाङका विषयमा गरेको टिप्पणी निकै रोचक छ । एउटा अनौपचारिक छलफलका क्रममा ती नेताले नेम्वाङका बारेमा भनेका थिए- ‘अन्य नेताजस्तो नेम्वाङजीको हाउभाऊ र बडी ल्याङ्वेज हेरेर उनी के सोच्दैछन् भन्ने ठम्याउन सकिँदैन, उनको गम्भीरता बुझिनसक्नुको छ ।’

Subash-nembangएमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्दा उनले कुन कुरा रुचाए वा कुन रुचाएनन् भन्ने बडी ल्याङ्वेजबाट प्रष्ट झल्कने ती लिम्बू नेताको अनुभव छ । तर, यो नियम सुवास नेम्वाङको हकमा लागू हुँदैन । सुवासको हाँसो वा गम्भीरता दुबै पोजिसनबाट केही पनि थाहा पाउन सकिँदैन ।

पछिल्लो समय मधेसवादीहरुसँग सहमतिका लागि संविधानको प्रक्रिया स्थागन गर्ने कि नगर्ने भन्ने विषयमा संविधानसभाका अध्यक्ष नेम्वाङ रहस्यमय ढंगबाट तटस्थ देखिएका छन् ।

मधेसी दलहरु भटाभट संविधानसभाको प्रक्रियाबाट बाहिरिँदैछन् । तर, नेम्वाङले उनीहरुलाई सहमतिमा ल्याउन कुनै भूमिका खेलेको देखिँदैन । यत्ति हो कि सदभावना पार्टीका सभासदले दिएको सामुहिक राजीनामा उनले स्वीकृत नगरेर झिनो सन्देशचाँहि दिएका छन् ।

विगतमा एमाओवादीले अवरोध गर्दा संविधानसभाको प्रक्रिया पटक-पटक रोकेर नेताहरुलाई सहमतिका लागि दबाव दिने गरेका नेम्वाङले यसपालि सहमतिको साटो प्रक्रियाको मात्रै कुरा गरिरहेका छन् ।

मधेसमा आन्दोलन चलिरहेका बेला संविधानसभाको प्रक्रिया कुनै हालतमा नरोक्ने पक्षमा नेम्वाङ उभिएको अनुमान लगाउन सकिन्छ । तर, यसबारे नेम्वाङले कतै पनि सार्वजनिक प्रक्रिया दिन मानेका छैनन् । उनी के सोच्दैछन्, कसैलाई पत्तो छैन ।

नेता भन्छन्- बल नेम्वाङकै हातमा छ

संविधानसभाको प्रक्रिया दुईचार दिन रोकेर मधेसवादी मोर्चासँग वार्ता गरेको भए के हुन्थ्यो ? संविधान एक युगमा एकचोटि बनाउने भएकाले एक साता ढीलो गरेर मधेसवादीसँग टेबलमा बस्दा सकारात्मक सन्देश जान सक्थ्यो । तर, यसबारे कांग्रेस र एमालेको मूल नेतृत्व तयार नभएको एमाओवादी नेताहरुको गुनासो छ ।

तर, यस्तो बेलामा सभाध्यक्ष नेम्वाङ कांग्रेस र एमालेका नेताहरुजस्तै कठोर देखिएको अनुमान सत्ता इतरका नेताहरुले गर्न थालेका छन् ।

विगतमा एमाओवादीलाई सहमतिमा ल्याउन र संविधानसभाबाट बाहिर जान नदिने नेम्वाङले जुनखालको सन्तुलित भूमिका देखाएका थिए, मधेसवादी दलहरुको हकमा भने उनले खासै रुची देखाएको पाइँदैन ।

तर, मधेसवादी एवं एमाओवादी पार्टीका नेताहरुले भने अहिले पनि संविधानसभाबाट निकास निकाल्ने सम्भावनाको ढोका बन्द भइनसकेको बताइरहेका छन् ।

सहमतिका लागि अब नेम्वाङको भूमिका प्रमुख हुने एमाओवादी नेता बताउँछन् । उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने यो समस्या राजनीतिक भएकाले अझै पनि चार दलको सिन्टिकेटमै बल अड्किएको बताउँछन् ।

यादव भन्छन्- ‘सभाध्यक्षको हिसाबले नेम्वाङको पनि भूमिका त होला तर मुख्य भूमिका अझै पनि चार दलको सिन्डिकेटमै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?