News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादवलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका यादव कार्यालय खोलेर लेखापढी गर्दै आएका थिए भने विस्फोटमा कार्यालयका कम्प्युटर र सामग्रीमा क्षति पुगेको छ।
- घटनामा कार्यालयका कर्मचारी सौरभ यादव घाइते भएका छन् र प्रहरीले चार दिनदेखि अनुसन्धान गरिरहेको छ।
६, चैत, सिरहा । सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन् । उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । ‘हामीले शंकाको आधारमा एक जनालाई पक्राउ गरेका छौं, हाल चार दिनदेखि अनुसन्धान जारी छ ।’
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए । पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए ।
विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए । घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव छन् । उनको खुट्टामा चोट लागेको थियो । घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो ।
प्रतिक्रिया 4