+
+
Shares

वीरगञ्जमा झडप, एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते १९:०२

birganj-Jhadap

३ असोज, वीरगञ्ज । नयाँ संविधान जारी हुने दिन बिभिन्न जिल्लामा उत्सव मनाउने तयारी भैरहेकाबेला पर्साको वीरगञ्जमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते छन् ।

माइस्थानको झडपमा प्रहरीले चलाएको गोली लागेर पकाहामैनपुरका २९ वर्षीय धत्रुघन महतोको मृत्यु भएको हो । नारायणी उपक्षीय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको टाउको र छातीमा गोली लागेको थियो ।

गम्भीर घाइते चार जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

नयाँ संविधानको विरोध गर्दै मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा कर्फ्यू तोडेर प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपले वीरगञ्ज तनावग्रस्त छ । मधेसी मोर्चाले संविधान जारी हुने दिनलाई ‘कालो दिवस’को संज्ञा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?