+
+
Shares

नागरिक भौतिक संरचनालाई निशाना बनाउने हमलामा रोक लगाउनु पर्छ : म्याक्रोन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:१३

५ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिक भौतिक संरचनाहरूलाई निशानाच बनाउने हमलामा रोक लगाउनुपर्ने बताएका छन् ।

इरान र कतारमा ग्यास उत्पादनयुक्त क्षेत्रमा व्यापक हमला गरिएको खबर आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमीरसँग आफूले कुराकानी गरेको उल्लेख गरेका छन् ।

‘बिना कुनै ढिलाई आक्रमण राकिनुपर्छ, विशेष गरी ऊर्जा र पानी सप्लाई भएका सुविधाहरूमा, उनले भनेका छन्, ‘नागरिक आवादी (जनसंख्या), उनीहरूको आधारभूत आवश्यकताहरूका साथै ऊर्जा आपूर्तिको सुरक्षालाई सैन्य द्वन्द्वबाट जोगाउनु पर्छ ।’

यसअघि कतारले इरानलाई मध्यपूर्व क्षेत्रका लागि प्रत्यक्ष खतरा भनेको थियो । रास लफान औद्योगिक सहरमा भएको मिसाइल हमला देशको सुरक्षा र क्षेत्रको स्थिरताका लागि खतरा भएको कतारको भनाइ छ ।

कतारको पेट्रोलियम कम्पनीले मिसाइल हमलाबाट ठूलो क्षति भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?