+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:०४

५ चैत, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।

तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।

केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।

पार्टी स्रोतका अनुसार यो बैठकमा सभापति थापाको राजीनामाको बारेमै बढी केन्द्रित हुनेछ । बैठकमा उपसभापति शर्माले व्यक्तिको कारण पराजय भएको नभई विशेष महाधिवेशनबाट आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनुलाई कारण मान्दै बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्ने तयारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?