+
+

केपी ओलीको प्रश्न : संविधानमा कहाँनेर अधिकार खोसियो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १४:२६

KP oli At Tudikhel Sava

४ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा सबै जात जाति र समुदायका अधिकार सुनिश्चित भएको बताएका छन् ।

टुँडीखेलमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले ओलीले संविधान पढेर मात्र प्रतिक्रिया दिन आग्रह गरे । उनले संविधानप्रति असन्तुष्टहरुसँग भने, ‘यो संविधानमा कहाँनिर अधिकार खोसियो, पढेर आउनुस्, म बहस गर्न तयार छु ।’

सभासमा निकै नरमरुपमा प्रस्तुत भएका ओलीले संविधानमा असन्तुष्ट रहेकाहरुका माग बिभिन्न आयोगहरु र संशोधनमार्फत सम्बोधन गर्न सकिने भएकाले आन्दोलन त्याग्न आग्रह गरे ।

मधेसी र थारुको नाम नलिई ओलीले भने-‘बिभिन्न आयोगहरु बनेका छन्, समस्या समाधानका लागि ती आयोगले काम गर्छन्, संविधान संशोधनको बाटो खुला छ ।’

भारतसँग मित्रताको आग्रह

छिमेकी राष्ट्र भारतले संविधान जारी हुनका लागि केही ढीला गर्न आग्रह गरे पनि त्यसलाई स्वीकार गर्न नसक्नुको कारणसमेत ओलीले प्रष्ट पारेका छन् ।

संविधान जारी भएको खुसियालीमा टुँडिखेलमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने- संविधान बनाउन ढीला गरियोस् भन्ने आवाज आएकै हो, तर हामीले यसअघि नै ८/९ वर्ष ढिला गरिसकेका थियौं, पहिलो संविधानसभा असफल भएको पाठ सिकेका थियौं । संविधानसभाबाट संविधानकै लागि ७० वर्ष बितायौं, त्यसैले यसपालि ढिला गर्न चाहेनौं ।’

एमाले नेता ओलीले नेपाली जनताको स्वाभिमान कायम हुने गरी छिमेकीहरुसँग सम्बन्ध राख्न चाहेको बताए । उनले भने- म छिमेकीलाई भन्न चाहन्छु, हाम्रो स्वाभिमान कायम राखेर सबै विदेशी मित्रहरुसँग र छिमेकमीसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहान्छौं । प्राकृतिक स्रोतको मिलेर प्रयोग गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?