Comments Add Comment

मैले शतक बनाउँदा टिम हार्छ कि भन्ने डर पनि थियोः पारस खड्का

parasकस्तो महसुस भइरहेको छ ?

खुसी लागेको छ । दुईमा दुई नै जितेका छौं र ४ अंक भएको छ । यो राम्रो जीत हो । विशेष गरेर २४० रनको लक्ष्य भेट्टाउनु । ‘आई थिंक विकेट प्लेड भेरी वेल ।’ अब पहिलो इनिङमा मौकाहरु पनि गुमायौं । त्यसको मूल्य चुकाउनु पर्यो ।

हाफ टाइममा हामीलाई थाहा थियो कि दुई तीन व्याट्सम्यानले टाउको तल राखेर ब्याटिङ गर्यो भने सम्भव छ । हृयाट्स अफ शरद फेरि एक पटक फर विनिङ रन । जितेको खुसी छौं ।
 
३१ बलमा १४ रन चाहिएको थियो । तर, अन्तिममा ६ बलमा ६ रन चाहिने अवस्था आयो । के भयो ?

मलाई थाहा छैन । क्राउडका लागि एक्साइटमेन्ट जस्तो भयो । तर, हामी धेरै नर्भस थियौं । मलाई लाग्छ, गेम प्लान अनुसार काम भएन । तर, जबसम्म जित्छौं, ठीक छ । तर, यति क्लोज नजाओस् अर्को पटक ।
 
आफ्नो शतकबारे के भन्नुहुन्छ ?

राम्रो महसुस भइरहेको छ । दुईवटा क्याच छाडेको थिएँ, त्यसैले मैले यो गर्नु थियो ।

यो खेलै यस्तै हो कि हाम्रो व्यक्तिगत प्रदर्शन राम्रो भो । अघिल्लो खेलमा विनोद र शरदले राम्रो गरे । आज फेरि शरदले राम्रो गरे । ज्ञानु र नरेशले सानो आधार भए पनि दिइरहेका छन् सुरुमा । जुन सर्ट थियो, आज त्यो बलरहरुका लागि सजिलो थिएन किनकि खासै धेरै टर्न थिएन र ब्याटमा आइरहेकोे थियो । त्यसैले हामीले २४० भेट्टाउन सक्यौं तर, हामीले सुधार गर्नुपर्छ । ब्याटिङ युनिटमा आज मैले जीतका लागि योगदान गर्न सकेँ । यसमा खुसी छु ।

शतक हान्दाको अनुभव ?

अन्तिम पटक शतक हान्दा हामी हारेका थियौं । यो पटक डर पनि लागेको थियो कि मैले शतक हान्यो भने हार्ने हो कि भनेर । थ्याङ गड, हामीले जित्यौं । टिमले दुई अंक पाएको छ, त्यसका लागि हामी खुसी छौं । यो चार अंकबाट हामी अगाडि बढ्नु छ ।

पारस, रिभर स्वीप आवश्यक थियो ?

मलाई लाग्यो, म लाइनभन्दा बाहिर छु । क्लाल्कुलेटिभ रिस्क थियो । यदि खेल हाम्रो पक्षमा नआएको भए मलाई पश्चाताप हुने थियो । मैले त्यो सर्टका लागि मूल्य चुकाउनुपर्ने थियो ।

यो जीतपछि विश्व क्रिकेट लिग च्याम्पियानसीपमा के भो ?

मलाई लाग्छ हामी पाँचौं भयौं । यो सुरुवात मात्र हो । अब टप ४ मा जसरी भएपनि पुग्नुछ हामीलाई । अर्को खेल अगष्टमा नेदरल्याण्डमा छ, त्यसैले सजिलो छैन । उनीहरु राम्रा छन् । त्यसैले अबको दुई तीन सातापछि नै तयारी सुरु गर्नुपर्छ । आशा गयौं, यो मोमेन्टमलाई जारी राख्न सक्यौं ।

टप ४ मा पर्ने सम्भावना कति छ ?

सजिलो हुने छैन । तपाईँले नामिबियाको ब्याटिङ हेर्नु भो । त्यसैले कुनै पनि खेल सजिलो छैन । हरेक राउण्डमा हामीले राम्रो खेल्नै पर्छ ।

हेर्नुस् भिडियो

यो पनि पढ्नुस्

पारसको शतकीय योगदानमा नेपालले नामिबियालाई फेरि हरायो

जीतसँगै नेपाल विश्व क्रिकेट लिगको पाचौं स्थानमा उक्लियो

शरद भन्छन्- ‘अन्तिम ओभरमा विश्वकप सम्झिएँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment