+
+
Shares

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते १०:५१

१२ वैशाख, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–९ स्थित सडकखण्डमा गएराति नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

accidentमृत्यु हुनेमा सिरहाको छर्रापट्टी–१९ निवासी ५० वर्षीय राजेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

राति १२ बजेतिर उक्त स्थानमा हिँड्दै गरेका साहलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?