+
+
Shares

विकासमा सांसद बाधक, स्थानीयको दबाबमा सांसद नै अवरोधमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते ६:५२

Bhairawa Road (1)६ जेठ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चावहिल -साँखु सडक २२ मिटर चौडा  पार्ने योजना अघि सार्‍यो ।

त्यसका लागि सडक मिचेर बनाइएको संरचना भत्काउन ठेक्का पनि लगायो । तर, लामो समय बित्दा पनि काम सुरु नभएको आजको नागरिक दैनिकले जनाएको छ ।

यसको एउटै कारण हो त्यस क्षेत्रका सांसद सडक विस्तारको विपक्षमा उभिनु । स्थानीयको दबाबमा सांसदले नै अवरोध गरेपछि ठेक्का लगाइएको काम बीचमै अलपत्र परेको हो ।

त्रिपुरेश्वर नागार्जुन सडकमा पनि यही समस्या देखिएको छ ।  मापदण्डविपरीत सडक मिचेर बनाइएको संरचना भत्काउन सांसद र नेताको तीव्र अवरोध छ ।

यतिसम्म कि प्राधिकरणले कालिमाटी सोल्टिमोड खण्डमा भत्काउनुपर्ने संरचनामा चिनोसमेत लगाउन सकेको छैन । उक्त सडकको अन्य खण्डमा पनि एक वर्ष ढिला गरी चिनो लगाइएको थियो ।

उपत्यकाका अन्य थुप्रै सडकमा समेत सांसद तथा नेताले स्थानीयलाई उचाल्दै विस्तार अघि नबडाउन प्राधिकरणलाई दबाब दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?