Comments Add Comment

साओमीले किन्यो माइक्रोसफ्टका सयौँ पेटेन्ट

Xiaomiचिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले अमेरिकी कम्पनी माइक्रोसफ्टका स्मार्टफोन सम्बन्धी सयौँ आविष्कारहरुको अधिकार  खरीद गरेको छ ।

यो सहमति सँगै साओमीलाई आफ्ना स्मार्टफोन पश्चिमा बजारमा बिक्रि गर्ने बाटो खुलेको विज्ञहरुले बताएका छन् ।

यो सँगै माइक्रोसफ्टलाई वित्तिय मुनाफाका साथसाथै अर्को फाइदा पनि हुनेछ । त्यो के भने अब साओमीका डिभाइसहरुमा अफिस तथा स्काइप लगायतका माइक्रोसफ्टका विभिन्न एपहरु प्रिइन्स्टल्ड हुनेछन् ।

आफ्नो बिक्रिको लक्ष्य भेट्टाउन साओमीले नसकिरहेको बेला पेटेन्ट अधिकार खरीदबिक्रिको यो समाचार बाहिर आएको हो ।

साओमीले सन् २०१५ मा १० करोड स्मार्टफोन बिक्रि गर्ने लक्ष्य लिएकोमा केवल ७ करोड १० लाख स्मार्टफोन मात्र बेच्न सफल भयो । स्वदेशी बजारमा विभिन्न स्थानीय कम्पनीहरुबाटै प्रतिस्पर्धा बढेपछि साओमीको लक्ष्य प्राप्तिमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।

सन् २०१६ को पहिलो तिन महिनामा चिनिया स्मार्टफोन कम्पनी ओप्पो र भिभोले फोन बिक्रिमा साओमीालई पछि पारेका छन् भने हुवाबेले आफ्नो अग्रता थप विस्तार गरेको छ । यो सँगै विश्व स्मार्टफोन बजारमा साओमी सातौँ स्थानमा झरको छ । सन् २०१४ मा ऊ तेश्रो स्थानमा थियो ।

चिनिया बजारमा समेत खस्किएको साओमीका लागि प्याटेन्ट सम्झौता निकै महत्वपूर्ण रहेको टेक्नोलोजी कन्सल्टेन्सी सिसिएस इनसाइटका बेन उडले बताए ।

साओमीले एसिया तथा ब्राजिलको बजारमा प्याटेन्ट अधिकार सम्बन्धि ठूलो समस्या झेलिरहनु परेको छ । अब यो सँगै साओमीले आफ्नो प्रतिरक्षा गर्न सक्नेछ र अरुको चोरी गर्नुपर्ने छैन ।

माइक्रोसफ्ट सँगको समझौता सँगै साओमीले झण्डै १५ सय वटा प्याटेन्ट हात पारेको छ । सम्झौतामा संचारको अधिकार, भिडियो तथा क्लाउड प्रविधि लगायतका पेटेन्ट रहेका छन् ।

यता स्मार्टफोनको बिक्रिमा गिरावट आएसँगै माइक्रोसफ्टले पनि स्मार्टफोनको उत्पादन घटाउने, केही कर्मचारीसंख्या घटाउने तथा नोकिया ब्रान्डेड फिचर फोन व्यवसाय बेच्ने जस्ता कदम चालेको थियो ।

तर नयाँ सिइओ सत्य नादेला आएसँगै माइक्रोसफ्टले आफ्ना प्रडक्टहरुलाई विन्डोज बाहेकका स्मार्टफोनमा समेत प्रयोगमा प्रोत्साहित गर्दै आएको छ ।

साओमीले आफ्ना माइक्लाउड सर्भिसमा माइक्रोसफ्टको एजुर प्लेटर्फमको प्रयोग गर्दै आएको छ । आगामी सेप्टेम्बरदेखि साओमीले आफ्ना एम आइ फाइभ, रेडमी नोट थ्री लगायतका ह्याण्डसेटमा माइक्रोसफ्ट वर्ड, एक्सेल तथा पावर प्वाइन्टका साथै आउटलुक र स्काइपी पनि प्रिइन्स्टल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment