+
+
Shares

प्रचण्ड र बादलसहितका माओवादी नेताविरुद्ध सत्य निरुपणमा उजुरी

ओखलढुंगाका शिक्षक गुरु लुइँटेल मारिएको प्रकरण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १४:३१

prachanda & badal

१ असार, काठमाडौं । ओखलढुंगाको ज्ञानप्रकाश मावि घोराखोरीका तत्कालीन शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरेको सन्दर्भमा दोषीमाथि कारवाही माग गर्दै छोरा फणिन्द्र लुइँटेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् ।

बबरमहलस्थित आयोगको कार्यालयमा पुगेर लुइँटेलले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, पूर्वी कमाण्ड इञ्चार्ज रामवहादुर थापा ‘बादल’, माओवादी केन्द्रका सदस्य पेशल खतिवडा र पूर्व सांसद केशव राईविरुद्ध उजुरी दिएका हुन् ।

उनले तत्कालीन जनसरकार प्रमुख राई, जिल्ला इन्चार्ज तथा हालका वाइसिएल अध्यक्ष रामचन्द्र शर्मा ‘विज्ञान’विरुद्ध पनि आयोगमा उजुरी दिएका छन् ।

माओवादी नेता कार्यकर्ताहरु पोकलीका बाबुराम गौतम, सिंहदेवीका मोहन खड्का, रगनीकी अनिता घिमिरे, फूलबारीका सुरेश थापा र तिलक खत्रीविरुद्ध पनि आयोगमा उजुरी परेको छ ।

त्यस्तै बरुणेश्वरका नन्दहरी दाहाल, हर्कपुरका टंक खत्री, रामेछाप सैंपुका पुष्पराज पौडेल ‘जीवन्त’विरुद्ध फणिन्द्रले आयोगमा उजुरी दिएका हुन् । १६६८ नम्बरमा दर्ता भएको उजुरीमा आफ्ना बुवाको गैरन्यायिक हत्या गर्नेलाई उन्मुक्ति नदिन माग गरिएको छ ।

तत्कालीन एमाले निकट शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष समेत रहेका लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरिएको थियो । उनलाई रामपुरमा लगेर बरको रुखमा झुण्डाई मारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?