हाँस्य कलाकार दीपाश्री निरौलाले आफू मोटी भएकाले हतपत्त पहिरन फिट नहुने बताएकी छिन् । ‘कान्तिपुर फेसन हाउस, लेडिज एण्ड जेन्ट्स बुटिक’को उद्घाटन गर्न पुगेकी दीपाले पहिरन फिट नहुने गुनासो गरिन् ।
काठमाडौंको मध्यबाँनेश्वरमा रहेको यो बुटिकले लेडिज र जेन्टस् दुवैका लागि सेवा प्रदान गर्नेछ । बुटिक उद्घाटन पछि बोल्दै निरौलाले अहिलेको समय फेसनको भएको भन्दै कान्तिपुर बुटिक सञ्चालनमा आएसँगै ड्रेसअपमा ध्यान दिनेहरुका लागि थप लाभदायक हुने बताइन् ।
उनले कलाकारहरुको हकमा एक पटक तस्बिर सार्वजनिक भैसकेको ड्रेस फेरि लगाउन नसकिने भन्दै त्यसको आयू सकिने बताइन् ।
दीपाश्री मोटाएको बिषयमा मिडियामा लामो समयदेखि गसिप बनिरहेका छन् । तर, यी कलाकारले आफूलाई मेन्टेन राख्नतर्फ ध्यान दिएकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4