Comments Add Comment

डा. कोइरालालाई भेट्न प्रधानमन्त्री अस्पतालमा

PM-Oli-and-Sherbahadur-Deuba
कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत ।

२२ असार, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

कोइरालाको स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान ओम अस्पतालमा भर्ना गरिएको छ । उनलाई गएरातिदेखि बान्ता भएको थियो । उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल लगायतका नेताहरु पनि ओम अस्पताल पुगेका छन् ।

उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

Kamal-Thapa-at-Om-Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की पनि ओम अस्पताल पुगेर डा. कोइरालाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ओम अस्पतालले बुधबार बिहान विज्ञप्ति निकालेर कोइरालाको अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ ।

डा. कोइरालाको उपचारमा चिकित्सकहरुको १५ जनाको टोली खटिएको छ ।

Lokman-Sing-Karki

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment