Comments Add Comment

सहमतीय सरकारको नेतृत्वमा खुला रहने माओवादी निर्णय

माओवादी निर्णय लगतै बालुवाटारमा तीन शीर्ष नेताहरुको बैठक

prachanda

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । साथै उसले नेतृत्वमा खुला रहेको बताएको छ ।

माओवादी पोलिटब्युरो बैठकले शान्ति प्रक्रियाका बाँकी काम, मधेस आन्दोलनको सम्बोधन र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

‘राष्ट्रिय सरकारका लागि पहल गर्ने निर्णय भएको छ’ प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘हाम्रा मुद्दा प्रमुख हुन् । मुद्दामा सहमति हुन्छ भने राष्ट्रिय सरकारको नेतृत्वमा हामी खुला छौं ।’

साथै उसले नौबुँदे सहमति कार्यान्वयन र समझदारीबारे सरकारको नेतृत्व गरिरहेको एमालेसँग गम्भिर वार्ता गर्ने निर्णय गरेको छ । गत वैशाखमा सरकार परिवर्तनको प्रयास भएका बेला एमाले र माओवादीबीच नौंबुँदे सहमति भएको थियो । र, बजेट पास भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति समेत भएको छ ।

माओवादीको बैठक लगतै प्रमुख तीन दलका शीर्ष नेतहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । शीर्ष नेताहरु सहभागी बैठकमा सामान्य छलफल भएको थियो ।

पुसमा महाधिवेशन

माओवादी केन्द्रको बैठकले आउँदो पुस २३ देखि २८ गतेसम्म काठमाडौंमा आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो ।

उनीहरुबीच पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति भएको थियो । त्यही अनुसार महाधिवेशनको मिति तय गरेको हो । यस्तै माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment