Comments Add Comment

पोर्न स्टार र ब्रिटेनकी प्रधानमन्त्रीको नाम मिलेपछि….

Teresa-May
पोर्नस्टार टेरीजा मे (बायाँ) र व्रिटेनकी प्रधानमन्त्री

३० असार, काठमाडौं । ‘मानिसहरूले मलाई नै ब्रिटेनकी नयाँ प्रधानमन्त्री सम्झिए । कति सोझा छन् जनता । तपाईंलाई मेरा टपलेस तस्वीर किन्नु छ भने मलाई मेल गर्न सक्नुहुन्छ ।

पोर्न स्टार टेरीजा मेले तब यो ट्वीट गरिन् जब कैयौं जनताले उनैलाई ब्रिटेनकी नयाँ प्रधानमन्त्री टेरीजा मे सम्झिएका थिए र बधाई सन्देश पठाउन सुरु गरेका थिए ।

हद त त्यो बेला भयो जब कैयौं पत्रकारहरुले उनलाई अन्तर्वार्ताको लागि आग्रह गर्न सुरु गरे । दुबैको नाम उस्तै भएकाले धेरै मानिसहरु भ्रममा परे र यस्तो भयो ।

धेरैले पोर्न स्टार टेरीजा मेका कैयौं उत्तेजक फोटो ट्वीट गर्दै क्याप्सनहरु लेखे- हेर्नुहोस्, यी हुन् ब्रिटेनकी नयाँ प्रधानमन्त्री ।’

टेरीजा मेले धेरै इमेल पाएपछि ट्वीट गरिन्, ‘यदि हरेक अन्तर्वार्ताको आग्रहलाई स्वीकारेपछि मलाई एक पाउण्ड मिल्ने भएको भए क्या मजा हुन्थ्यो । फी त छैन तर पब्लिसिटी प्राप्त भइरहेको छ ।’

टेरीजाले अर्को एक ट्वीटमा लेखिन्, ‘पत्रकारहरु अघि बढ्नुस् । मेरा तस्वीर चोर्नुहोस् र बसी-बसी खबर बनाइदिनुस् । तर मेरो प्रमोशन नगर्नुस् । मलाई त्यसको जरुरी नै छैन ।’

पोर्न स्टार टेरीजालाई ब्रिटेनकी नयाँ प्रधानमन्त्री सम्झिनेहरुमध्ये एक ट्वीटर प्रयोगकर्ता @Alswick ले उनको एक तस्वीर ट्वीट गर्दै लेखे, ‘त्यसो भए आज टेरीजा मे ब्रिटेनको प्रधानमन्त्री बन्दैछिन् । अब यिनले सबैको लागि खुसी लिएर आउनेछिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment