Comments Add Comment

तपाईका दाँत मिलेका छैनन् ? यसरी गरिन्छ अर्थोडोन्टिक्स उपचार

Teeth-Gap

अर्थोडोन्टिक्स भनेको बाङ्गोटिङ्गो दाँतको उपचार गर्ने विधा हो । यो विधा अन्तर्गत बाङ्गोटिङ्गो दाँत भएका बाहेक पनि जन्मजात ओठ चिरिएका, तालुु खुडें भएका र अन्य विकार भएकाको पनि उपचार गरिन्छ ।

बाङ्गो टिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । विशेषगरी स्कुले केटाकेटीमा बांगोटिङ्गो दाँतकै कारण साथीभाइले जिस्क्याउने, ठुलो भइसक्दा आत्मविश्वासको कमी एवं सभा भिडभाडमा मुख छोपेर हाँंस्ने बोल्ने समस्या देखा पर्ने गर्छ ।

त्यस्तै, अगाडिको दात धेरै बाहिर हुँदा चोटपटक लाग्ने, दाँत भाँंच्चिने सम्भावना हुन्छ । यस्ता दाँतको सरसफाइ गर्न मुस्किल हुने भएकाले दातमा किरा लाग्ने एवं गिजामा समस्या भई सुन्निने, रगत आउने गर्छ । त्यसैगरी, खान तथा चपाउन लगायत जबडाको जोर्निमा समस्या हुने, मुखले सास फेर्ने, घुर्ने समस्या हुने गर्छ ।

केटाकेटीदेखि अधबैसेंसम्म सबै उमेरका मानिसको अर्थोडोन्टिक उपचार सम्भव हुन्छ ।

केटाकेटीदेखि अधबैसेंसम्म सबै उमेरका मानिसको अर्थोडोन्टिक उपचार सम्भव हुन्छ । तर, प्रायः देखिने समस्यामध्ये बढ्दो उमेरका केटाकेटीमा उपचार गर्दा राम्रो परिणाम देखिन्छ भने केही समस्याहरु बयस्क भइसकेपछि शल्यक्रियाद्वारा समाधान गर्नुपर्ने हुन्छ ।

अर्थोडोन्टिक्स उपचार दाँत फुकालेर वा नफुकाली, दाँतको बाहिर पट्टीबाट वा भित्रबाट, देखिने वा नदेखिने, आफैंले लाउन खोल्न मिल्ने वा नमिल्ने, विभिन्न पद्दतिद्वारा गरिन्छ । यो बिरामीको आवश्यकता र ईच्छाका आधारमा अवलम्बन गर्न सकिन्छ ।

विगतमा महिला एंव केटाकेटीले अर्थोडोन्टिक्स उपचार ज्यादा गराए पनि हालका दिनमा चेतनाको विस्तार, प्रविधिको विकास एवं सर्वसुलभताका कारण पुरुष, युवा एवं अधबैंसे बिरामीले पनि अर्थोडोन्टिक उपचारमा रुचि लिन थालेका छन् ।

अर्थोडोन्टिक उपचार केही हदसम्म खर्चिलो हुने भए पनि उपचारबाट आउने परिणामले बिरामीलाई सुन्दर, स्वस्थ, खुशी एवं आत्मविश्वासी बनाउन मद्दत गर्छ ।

(डा. पोखरेल वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment