१६ साउन, काठमाडौं । आगामी बहुमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा प्रचण्ड सक्रिय बनेका हुन् ।
उनले औपचारिकताका लागि शनिबार एमाले अध्यक्ष केपी ओलीदेखि सत्ता साझेदार कांग्रेस सभापति शेरबाहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका आजको राजधानी दैनिकमा समाचार छ ।
सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वसको प्रस्ताव ल्याएको दाबी गर्दै आएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गरेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4