१९ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने क्रममा लगाएको आरोपलाई लिएर मन दुखाएका रहेछन् ।
संसदमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्न उपस्थित भएका उनले दुखेसो पोखेका हुन् । ओलीले महाभारत अभिमन्यूको प्रसंग जोड्दै सरकार गठनलाई रहस्यमय षड्यन्त्र भनेकामा उनले दुःख पोखे ।
उनले अघि भने, ‘काँध मिलाएर राष्ट्रिय स्वाभिमानका लागि लड्नेहरुलाई नै दुश्मनकै जस्तो व्यवहार देखा पर्यो । यो पीडादायक र दुखद परिघटनाका रुपमा मैले लिएको छु ।’
प्रधानमन्त्री ओलीले उनी आफ्ना कारण प्रधानमन्त्री भएको विर्सिएको प्रचण्डको गुनासो छ । उनले नेपाल राष्ट्रप्रति वाफादार छौं भन्ने प्रमाण कसैले पनि पेश गर्नु नपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4