२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपतिबाट सपथ ग्रहण गर्दैछन् । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गर्नुपूर्व उनी लैनचौर, चम्पादेवी र पेरिसडाँडा जाने कार्यक्रम छ ।
राष्ट्रपतिबाट सपथ खाइसकेपछि प्रधानमन्त्रीले लैनचौरमा पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि उनले चम्पादेवीमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्ने छन् ।
चम्पादेवीबाट प्रचण्ड सीधै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पुगेर त्यहाँ रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4