२२ साउन, काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच साउन २५ गते पार्टी एकता घोषणा हुने भएको छ ।
एकतासम्वन्ध सम्झदारी पत्रमा दुई पत्रका अध्यक्षले शनिबार हस्ताक्षर गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दुई पार्टीको वार्ता टोलीले तयार पारेको अवधारणा पत्र अनुसार पार्टी एकता हुन लागेको उनले बताए ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि पशुपतिशम्शेर राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष हुने समझदारी भएको छ ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिए ।
उनका अनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो । यसअघि राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया 4