+
+

रजनी र शिल्पामा कसले मार्ला बाजी, रमेशको अग्निपरिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १७ गते १२:४२

Shilpa n Rajani
शुक्रवार एकसाथ ३ नेपाली र एक हिन्दी सहित चार चलचित्र रिलिज भएका छन् । नायिका रजनी केसी अभिनित ‘ब्रासलेट र लाजोडी’, नायिका शिल्पा पोखरेल अभिनित ‘बृन्दाबन’ र हिन्दी चलचित्र ‘अकिरा’ रिलिज भएका हुन् ।

निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’मा रजनीको अतिरिक्त रमेश उप्रेती र नम्रता सापकोटाले मुख्य भुमिका निर्वाह गरेका छन् । लक्ष्मण सुवेदीको ‘लालाजोडी’मा हाँस्य कलाकारको बाहुल्यता छ । राज बहादुर साने निर्देशित ‘बृन्दाबन’मा शिल्पा पोखरेल र किशोर खतिवडाको मुख्य भुमिको छ ।

यस चलचित्रमा बाँदरको समेत काम हेर्न सकिन्छ । बलिउड नायिका सोनाक्षी सिन्हा अभिनित ‘अकिरा’ पनि आजैदेखि रिलिज भएको छ । दुई साता अघि रिलिज भएका चपली हाईट-२ र बीर विक्रम तेस्रो सातामा प्रवेश गरेका छन् ।

३ नेपाली चलचित्रको भिडन्त तीजको बिदाका लागि हो । यसैले शुक्रबार र आइतबारको व्यापारले ३ निर्मातालाई कती सुरक्षित गराउँछ भन्ने देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?