+
+

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिवीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १७ गते १९:५६

prachanda-and-mukharji

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति प्रवण मुखर्जीवीच मंगलबार साँझ हायत होटलमा औपचारिक कुराकानी सम्पन्न भएको छ । भेटमा दुईपक्षीय हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटबारे  सञ्चारमाध्यमलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रकाश शरण महतले दुई देशवीच उच्चस्तरीय भ्रमणले आपसी सम्बन्ध थप मजबुद भएको प्रधानमन्त्री प्रचण्डको भनाइ उधृत गरे ।

मुखर्जीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले हालै आफूले गरेको भारतको औपचारिक भ्रमण र गोवा भ्रमणले दुई देशको सम्बन्ध मजबुद पारेको बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दुई देशको सम्बन्ध राम्रो बनाउन नेपालले कुनै कसर बाँकी नराख्ने बताएका थिए । साथै संविधान कार्यान्वयनको चरणमा असन्तुष्टिहरुलाई संविधानमा समेट्ने प्रयास भइरहेको पनि प्रचण्डले भारतीय राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

। भेटमा सवारी मन्त्रीसमेत रहेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास बैरागी लगायतको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?