Comments Add Comment

विद्युत प्राधिकरणमा एमाले कर्मचारीको हुलदंगा, एक घाइते

२० जना सहलेखापालको अन्तरवार्ता रोकियो

२४ कात्तिक, काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणमा बुधबार कार्यालय खुल्नासाथ हुलदंगा भएको छ । हुलदंगामा एमाले समर्थक कर्मचारीको कुटाइका कारण सवारी चालक पूर्णबहादुर शाही घाइते भएका छन् ।

purnabahadur-sahiहुलदंगापछि सहलेखापालको नियुक्तिका लागि हुन लागेको अन्तरवार्ता रोकिएको छ र कार्यालयमा प्रहरी तैनाथ गरिएका छन् ।

सहलेखापालको  मौखिक परीक्षा रोक्ने उद्देश्यले कांग्रेस समर्थक नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र एमाले समर्थक कर्मचारी संगठनका केही व्यक्तिले छापामार शैलीमा कार्यालयमा अवरोध गरेर बोर्ड मेम्बरलाई प्रवेशमा रोक लगाएका थिए ।

कार्यालय घेराउ भइरहेका ठाउँमा हेर्न आइपुगेका प्राधिकरणका सवारीचालक पूर्णबहादुर शाहीलाई एमाले समर्थक कर्मचारीहरुले ‘यो सुराकी हो’ भन्दै मुखमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । शाहीको मुखबाट रगत आएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एमालेसमर्थक कर्मचारी संगठनका महासचिव भूमिनन्द अर्यालले शाहीमाथि मुक्का हनेका हुन् । त्यहाँ संगठनका अध्यक्ष रामेश्वर पौडेल र सचिव केन्द्र गुरुङ लगायत उपस्थिति थिए ।

उता माओवादी समर्थक कर्मचारीहरुले सवारी चालकलाई कुटपिट गर्ने कर्मचारीलाई पक्राउ गरी फौजदारी अपराधमा कारवाही गर्न भनेका छन् ।

प्राधिकरणमा बुधबार २० जना सहलेखापालका लागि अन्तरवार्ता हुन लागेको थियो । तर, हुलदंगाका कारण अन्तरवार्ता रोकिएको प्राधिकरणले जनाएको छ ।

कर्मचारीमार्फत चर्को राजनीतिकरण हुँदा आएको प्राधिकरणमा कर्मचारी नेताहरुले आफ्ना नातेदारलाई घुसाउन नपाएपछि हुलदंगा गरेको स्रोतले बतायो । त्यहाँका एक कर्मचारीले भने– प्राधिकरणमा यस्तै राजनीतिले गर्दा विद्युत चुहावट एवं लोडसेडिङ रोक्न नसकिएको हो । यहाँ नेताहरुले कुनै पनि काम स्वच्छ रुपमा हुन दिँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment