+
+
Shares

मधेसी मोर्चा विना निर्वाचन असम्भवः पशुपतिसमशेर

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १३:५५

pashupati-samser-jabara

२८ पुस, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति समशेर जबराले मधेसी मोर्चा विना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राप्रपा अध्यक्ष जबराले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरी कुनै पनि निर्वाचन सम्भव नभएको बताएका हुुन् ।

स्थानीय निकायको निर्वाचन भइहाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक सीमांकन निर्धारण गर्न आयोग बनाउनु पर्ने भन्दै उनले सीमांकन विवाद नटुंगिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

संविधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै उनले जनमत संग्रह गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?