Comments Add Comment

बैठक कोठालाई कसरी पार्ने चिटिक्क ?

living-room

जब वाहिरी कार्यव्यस्ततालाई पन्छाएर घरमा प्रवेश गरिन्छ, घरको वातावरण शान्त र आनन्दित होस् भन्ने चाहन्छौं ।

दिनभर जे जस्तो धपेडी भएपनि घरमा आएपछि त्यसलाई चटक्क विर्सन सकौं । र, पूर्ण पारिवारिक जीवनको आनन्द लिन सकियोस् ।

यसका निम्ति परिवारका सदस्यले गर्ने सौहार्दपूर्ण व्यवहार मात्र काफी छ त ? पक्कै छैन । किनभने थकान र तनावले लखतरान भएर र्फकदा घर अस्तव्यास्त, फोहोर र कुरुप छ भने मन शान्त हुनै सक्दैन ।

घर त यस्तो होस्, जहाँ पाइला टेक्नसाथ मन फुरुङ्ग, आनन्दित र शान्त होस् । घरको वातावरणले सवै तनाव विर्सन सकियोस् । यसका लागि घर तथा कोठाको साजसज्जाले महत्वपूर्ण भूमिका खेल्छ ।

घरको कोठामध्ये सवैभन्दा मूख्य भाग हो, लिभिङ रुम (बैठक कोठा) । बैठक कोठामै हामी सम्पूर्ण परिवारका सदस्यसँग एकसाथ लामो समय व्यातित गरिरहेका हुन्छौ । टिभी हेर्ने, पुस्तक पढ्ने, भलाकुसारी गर्ने, पाहुनालाई स्वागत गर्ने मूख्य ठाँउ हो यो ।

त्यसैले बैठक कोठा सधै व्यवस्थित, मोहक, स्वच्छ हुनु जरुरी छ । बैठक कोठालाई कसरी आकर्षक तुल्याउने त ? यसका केहि काइदा छन् ।

१. बैठक कोठाको आकार र बनौट अनुसार सहि फर्निचर छनौट गरौं । धेरै सामग्रीहरु राख्दा भद्दा र अव्यवस्थित देखिन्छ । आवश्यक भन्दा वढी सामग्री नथोपरौं ।

२. फर्निचर वा सजावटको सामग्रीले सवै भाग छोपिदैन । कतिपय कुना त्यतीकै खाली रहन्छ, जसमा इनडोर प्लान्ट राख्न सकिन्छ । यसका साथै आवश्यक्ता अनुसार ह्यांगिङ प्लान पनि सजाउन सकिन्छ ।

सकेसम्म प्राकृतिक विरुवा नै सहि हुन्छ, यदि त्यो संभव भएन भने प्लाष्टिको इनडोर प्लान्ट सजाउन सकिन्छ । यसले कोठालाई कुल लुक्स दिन सघाउँछ ।

३. कलात्मक चित्र वा आकृतिलाई बैठक कोठामा सजाउन सकिन्छ । यस्ता चित्र/आकृति प्रशन्नता, आशा जगाउने खालको हुनुपर्छ, जसले सकारात्मक उर्जा प्रवाह गर्न मद्दत गरोस् ।

४. बैठक कोठामा मधुरो ध्वानीमा संगीत सुन्न सकिने व्यवस्था गर्न सकिन्छ । कुराकानीमा वाधा नपुग्ने गरी कर्णप्रीय धुन बजाउँदा बेग्लै आनन्दाभूत गर्न सकिन्छ ।

५. सोफामा राखिएको कुशन र झ्यालको पर्दाको रंगमा सकेसम्म एकरुपता मिलाउनु पर्छ । त्यो कलरफुल एवं उज्यालो हुनुपर्छ ।

फर्निचरमा राखिने कुशनको रंग र झ्यालको पर्दाको रंगको कम्विनेशन मिलाउनु राम्रो हुन्छ । यसले झ्यालमा कलरफुल पर्दा प्रयोग गरौ, जसले कुल लुक्स दिन सक्छ ।

बैठक कोठामा ताजा हावा खेल्न सक्ने ठूला झ्याल आवश्यक हुन्छ । यस्तोमा पारदर्शी पर्दा लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment