+
+
Shares

कमल थापाको घोषणाः आजैदेखि देशभरका गाविस विघटन

७४४ स्थानीय निकाय आजैबाट कार्यान्वयन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १२:५४

२७ फागुन, काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।

स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।

उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने, ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् ।’

तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । सरकारले पाण्डेलाई हटाएर थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।

२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।

अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?