Comments Add Comment

चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच भेटवार्ता

'चिनियाँ राष्ट्रपतिसँग खुल्ला र स्पष्ट छलफल'

१४ चैत, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बेइजिङमा भेटवार्ता भएको छ ।

बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रपति सीले नेपालको स्थानीय निर्वाचनका लागि ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने बचन दिएका छन् ।

(यो पनि पढ्नुहोस्: स्थानीय चुनावका लागि चीनले दियो १४ करोड ४० लाख)

‘चिनियाँ राष्ट्रपतिसँग खुल्ला र स्पष्ट छलफल’

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सीसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल-चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment