+
+
Shares

प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको प्रशंसा गरेका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले नेताहरूसँग भनेकी छन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो र मुलुकलाई शान्तिपूर्ण निकास दिन सहयोग गर्नुभयो।’
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘प्रधानमन्त्री कार्कीको नेतृत्वमा संविधान बाँच्छ र व्यवस्था जोगिन्छ भन्ने विश्वास थियो।’

४ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए ।

भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले नेताहरूसँग भनेकी छन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’

साथै प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजय एका नेताहरूलाई बधाइ दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना भनेकी छन् ।

नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाइ दिए ।

संयोजक प्रचण्डले भनेका छन्, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ ।’

सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि प्रचण्डले स्मरण गरे ।

‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्री नेपालले कार्की प्रधानमन्त्री बन्ने अवस्थाको स्मरण गरे ।

‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौं । तपाईं आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो’ नेपालले भने ।

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको पनि उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?