Comments Add Comment

‘पञ्चायत’लाई ‘पीजी’ दिदा निर्देशक किन आक्रोशित ?


चलचित्र सेन्सर बोर्डले ‘पञ्चायत’ चलचित्रलाई पीजी सर्टिफिकेट दिएपछि निर्देशक शिवम् अधिकारीले आक्रोश पोख्दै स्टाटस लेखे र पछि हटाए । उनले जर्वजस्ती सर्टिफिकेट भिराएर आफ्नो चलचित्रलाई चाहिने भन्दा बढी कैची चलाएको आरोप समेत लगाएका थिए ।

सेन्सर बोर्डका कर्मचारीलाई उनले राजा विरेन्द्रको तस्बिरले समेत तर्साउने गरेको भन्दै आक्रोश पोखेका थिए । निर्देशक अधिकारीले साहित्यमाथि खुला बहस गर्ने कि जर्बजस्ती सर्टिफिकेट भिराएर पठाउने भन्दै प्रश्न सोधेका छन् ।

निर्देशकले वि.सं २०३१ सालको कथामा निर्माण भएको चलचित्रमा तत्कालिन अवस्थामा स्कुलमा गाइने गरिएको राष्ट्रिय गानलाई समेत चलचित्रबाट हटाउन निर्देशन दिएपनि सो निर्देशन नमान्ने बताएका छन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई गणेश गिरीले प्रस्तुत गरेका हुन् ।

चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन् । यो चलचित्रमा सरोज खनाल र नीता ढुंगाना मुख्य भूमिकामा छन् । चलचित्रमा गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको मुख्य भूमिका छ । फागुण १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment