+
+

धनकुटा ७ तहको गणनामा एमालेको अग्रता ६ स्थानमा

एउटामा कांग्रेस, माअाेवादी कमजाेर

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १५ गते १६:०९

१५, असार, धनकुटा । धनकुटाका ७ तहमध्ये ६ स्थानमा नेकपा एमालेको प्रारम्भिक अग्रता देखिएको छ । एउटामा कांग्रेसकाे अग्रता छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमि गाउँपालिकामा पनि दोस्रो चरणको मतगणनामा एमालेका मेयर पदका उमेद्वार मनोज राईले ८ सय २९ मत पाएका छन् । कांग्रेसका तीर्थकुमार राईले ३ सय ७५ र माओवादी केन्द्रका भरत सिंह राईले ३ सय ४२ मत पाएका छन् ।

पाख्रिबास नगरपालिकामा एमालेका बिर्खबहादुर राईले २ सय ५ मत पाएका छन् । कांग्रेसका ईन्दिरा थापाले १ सय ३०, राप्रपाका श्याम गुरुङले ३७ मत र नेकपा माओवादीका कृष्ण कटुवालले ३० मत पाएका छन् ।

महालक्ष्मी नगरपालिकामा मेयर पदका लागि एमालेका पर्शुराम नेपालले ८१ मत, एमालेका प्रतिद्वन्द्वी कांग्रेसका मेयर पदका उमेद्वार अग्नि पौडेलले १५ र माओवादी केन्द्रका राम नेपालले एक मत पनि पाएका छैनन् ।

त्यस्तै चौबीसे गाउँपालिकामा एमालेका प्रमुख पदका उमेद्वार खजिन्द्र राईले प्रारम्भिक गणनामा ४९ मत कांग्रेसका हर्क चेम्जोङले ३६ र माओवादी केन्द्रका दलबहादुर मगरले ११ मत पाएका छन् ।

धनकुटा नगरपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । मेयरमा एमालेले ५४५ मत ल्याएको छ भने कांग्रेसले १२५ र माअाेवादीले  ८७ ल्याएका छन्।  राप्रपाकाे  ५५ मत अाएकाे छ ।

छथर जोरपाटी गाउँपालिकामा पनि एमालेलेे अग्रता लिएको छ । छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवारले ८ मत र उपाध्यक्षले ७ मत पाएका छन्। एमालेका अध्यक्ष उम्मेदवारले ८५ र उपाध्यक्षले ८० मत पाएका छन् । त्यस्तै माओवादीका अध्यक्ष र उपाध्यक्षको क्रमशः  ६६ र  ७८ मत अाएको छ भने  राप्रपाको २२ र १३ मत अाएको छ ।

उता साँगुरी गढी गाउँपालिकामा भने नेपालीका कांग्रेसका जितेन्द्र रुम्दाली राईले २६ पाएर अग्रता लिएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका कुमारजंग याखाले १८ मत र माओवादी केन्द्रका जगत बहादुर राईले ६ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?