४ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ कांग्रेस र माओवादीले राजपासँग संविधान संशोधनबारे छलफल गर्न लागेका हुन् । राजपा यदि संशोधन होल्ड गर्ने सहमति भए तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।
संविधान संशोधन विधेयकका पक्षमा अझै दुई तिहाई पुगेको छैन । अहिले नै सरकार विस्तार गर्दा साना दलहरु असन्तुष्ट हुने र संशोधनको विपक्षमा जान सक्ने सरकारको विश्लेषण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4