Comments Add Comment

पहिलो सातामा उत्साहजनक व्यापार गर्दै दोश्रो सातामा ‘प्रेमगीत २’


समिक्षकबाट मिश्रति प्रतिक्रिया पाएपनि गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले दर्शकको भने राम्रो साथ पाइरहेको छ । गत शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको चलचित्रको व्यापार काठमाण्डौका मल्टिप्लेक्समा एक साता राम्रो देखियो ।

सिंगल र मल्टिप्लेक्समा रिलिजको दुइ दिन चलचित्रको व्यापार आक्रामक थियो । आइतबारबाट मल्टिप्लेक्समा चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ ।
यो चलचित्र आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । निर्माता सन्तोष सेनले पहिलो सातामा चलचित्रले राम्रो व्यापार गरेको भन्दै दोश्रो सातामा पनि दर्शकको साथ पाउने अपेक्षा व्यक्त गरे ।

चलचित्रका कलाकार र निर्माण यूनिट आज र भोली दर्शकसम्म पुग्नेछन् । यो साता कुनै पनि नेपाली चलचित्र रिलिज भएका छैनन् । बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’ मात्र आजबाट रिलिज भएको छ ।

प्रदिप खड्का, अश्लेषा ठकुरीको प्रेमकथामा निर्माण भएको चलचित्रलाई दर्शकले मन पराएका छन् । सन्तोष सेनको निर्माणमा तयार भएको ‘प्रेमगीत २’ले लगानी सुरक्षित गरिसकेको दाबी समेत निर्माणपक्षले गरेको छ । रामशरठ पाठकले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment