+
+
Shares

हड्ताल नगर्न पेट्रोलियम व्यवसायीलाई आपूर्तिमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २५ गते १९:१४

२५ साउन, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले हड्ताल नगर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेका छन् । विराटनगरमा नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालयको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले उपभोक्तालाई मार पर्नेगरी आन्दोलनका कार्यक्रम नगर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

‘जनतालाई सहज इन्धन आपूर्ति गराउनेतर्फ सचेत हुनुपर्छ,’ उनले भने, ‘कुनै अप्ठ्यारा आइलागेमा सहमतिबाट समाधान गरौँ जनतालाई दुःख दिने काम नगरौँ ।’

जनतालाई मर्का पर्ने गरी तत्काल बन्द हड्ताल नगर्न मन्त्री मण्डलले पेट्रोलियम डिलर्स एसोसियसनलाई आग्रह गरे ।

‘खाद्यान्नमा समस्या नहोस्’

नेपाल खाद्य संस्थानको कार्यालय अनुगमनको गर्दै मन्त्री मण्डलले जनतालाई कुनै पनि प्रकारको खाद्य समस्या हुन नदिन निर्देशन पनि दिए । पटक-पटक डुबान, बाढी लगायतका समस्या पर्ने उक्त क्षेत्रमा आएका खाद्य सामग्री समयमै जनतालाई उपलब्ध गराई जनमुखी सेवा दिन उनले निर्देशन दिए ।

निमित्त कार्यालय प्रमुख हरी प्रसाद भण्डारीले अञ्चल प्रमुख नभएको र पाँचौ तहको कर्मचारीहरुले काम चलाइरहेकाले कार्यालयमा समस्या रहेको जानकारी गराए ।

मन्त्री मण्डलले आफूले काठमाडौं फर्केपछि तत्काल कार्यालय प्रमुख पठाउन निर्देशन दिने पनि बताए ।

मन्त्री मण्डलले विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालयलाई जनतामुखी र सेवामुखी हुन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?