+
+
Shares

कंकालीमा वनभोज गएका शिशिरको डुवेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते १७:४५

८ कात्तिक, चितवन । चितवनको कंकाली सामुदायिक वनमा वनभोज खान गएका एक किशोरको बुधबार दिउँसो स्वीमिङ पुलमा डुवेर मृत्यु भएको छ ।

नवलपरासीको कावासोती नगरपालिका-८ का १७ वर्षीय शिशिर कंडेलको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।

कंडेल गैंडाकोटको नमूना कलेजमा कक्षा ११ मा विज्ञान विषयका विद्यार्थी हुन ।

कार्यालयका प्रमुख यदुकृष्ण भट्टका अनुसार दिउँसो सवा २ बजेतिर सो घटना भएको हो ।

साथीहरुसहित वनभोज आएका कंडेल दिउँसो पौडी खेल्न भन्दै पुलमा पसेका थिए ।

उनी डुबेपछि साथीहरुले उद्धार गरी उपचारका लागि पूरानो मेडिकल कलेजमा लगिएको भएपनि उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

करीव ४० जना युवाहरु वनभोज गएका थिए । नमूना मावि तथा कलेजका सञ्चालक निर्मल पाण्डेले कलेज सञ्चालनमा नै रहेपनि कंडेल कलेज नै नआई वनभोज गएको बताए ।

सो सामुदायिक वनभित्र यसअघि पनि यस्तैं घटना हुँदै आएको स्थानीय वताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?