Comments Add Comment

नुवाकोटको चुनावः तयारी पूरा, कर्मचारी मतदान केन्द्रमा


६ मंसिर, नुवाकोट । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै निर्वाचन केन्द्रतर्फ जान थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत लोकजङ शाहका अनुसार निर्वाचनका लागि दुई हजार ७८ जना कर्मचारी परिचालन गरिएको र ती कर्मचारीले बिहीबार साँझसम्म मतदान केन्द्रमा पुगेर चार किल्ला सीमा निर्धारण गर्ने र शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएका छन् ।

छयालिस जना उम्मेदवार रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि दुई लाख आठ हजार १९१ मतदाताले मत दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment