१४ मंसिर, काठमाडौं । कम्युनिस्ट विद्रोहीलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा फर्काउने योजना असफल भएपछि फिलिपिन्सको सरकारले विद्रोहीहरुलाई निशाना बनाउन थालेको छ । बुधबार मात्रै १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले जनाएको छ ।
मारिएकामध्ये ६ जना महिला छन् ।
राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेको केही दिनपछि नै उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए ।
मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् ।
फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ । पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ ।
द्वन्द्व अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरुमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ ।
प्रतिक्रिया 4