+
+
Shares

डिभोर्सपछि रीमा भन्छिन्-‘सम्बन्ध टुटेपनि म टुटेकी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १३:२८


नायिका रीमा विश्वकर्माले आफ्नो बैबाहिक सम्बन्ध टुटेपनि आफू नटुटेको अर्थात हरेस नखाएको बताएकी छिन् । डिभोर्सको खबर सार्वजनिक भएपछि केहि दिन मिडिया र आफन्तको सम्पर्कबाट टाढा बसेकी रीमाले एक चलचित्रमा नृत्य गरेकी छिन् ।

नायिका केकी अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिन् । उनी, चलचित्रको यहि गीतमा मात्र देखिनेछिन् ।

काठमाण्डौको गोकर्णमा रहेको उत्तर बाहिनी मन्दिरमा सेट लगाएरै चलचित्रको गीतको सुटिङ गरिएको हो । रीमाले दिल खोलेर गीतमा नृत्य गरिन् । विशाल भण्डारीले चलचित्रको निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी भने गम्भिर बिष्टले गरेका हुन् ।

रीमाले मन र मुहारको तालमेल नमिल्दा पनि कहिलेकाही काम गर्नुपर्ने बताइन् । मुहार मुस्कुराएकै राम्रो भएतापनि कसैको मनमा कोहि पनि पस्न नसक्ने उनको भनाई थियो ।

रीमा क्यामेरा अगाडि मुस्कुराएपनि कोरियोग्राफरले ‘कट’ भनेपछि केहि मलिन देखिन्थिन् । चलचित्रकी निर्मात्री केकी अधिकारी रीमाको मन वुझाउने प्रयासमा लागेकी थिइन् । चलचित्रको प्रदर्शन मिति वैशाख १४ लाई तोकिएको छ ।

तस्बिरः कुशल राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?