+

झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ अाले ‘मामा’

२०७४ पुष  ३० गते ११:३५ २०७४ पुष ३० गते ११:३५
झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ अाले ‘मामा’

३० पुस, झापा । जिल्ला फुटबल संघ, झापाकाे अध्यक्षमा फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा चुनावी अधिवेशनले मामाकाे अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेकाे हाे ।

एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, कर्णबहादुर थापामगर, प्रदीप राई, अमिरकुमार श्रेष्ठ, टिकाराम प्रसाई, पूर्णमाया लिम्बू, केदार चौधरी र बुद्धराज लिम्बूलाई अधिवेशनले संघको सदस्यमा सर्वसम्मत भएका छन् ।

निवर्तमान अध्यक्ष जलकुमार गुरुङ पनि सदस्य  छन् भने भेलाले नै महासचिवमा शेरबहादुर बस्नेत र नरेन्द्रमणि लिम्बूलाई कोषाध्यक्षमा मनोनित गरेको छ ।

 

झापा फुटबल फुटबल प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय