Comments Add Comment

यो हो अनुहारको मेकअप हटाउन सही तरिका

भनिन्छ, महिलाको सुन्दरता उसको अनुहारमा लुकेको हुन्छ । अनुहारलाई  सुन्दर देखाउनकै लागि महिलाहरु लामो समय मेकअपमा खर्चिने गर्छन् । तर, मेकअप गर्दा जति सावधानी अपनाउँछन्, हटाउँदा त्यति ध्यान दिएको पाइँदैन ।

जबकि, अनुहारमा चमक ल्याउन तथा सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ, त्यसलाई कायम राख्न सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ । किनकि, गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई मात्र असर गर्दैन, बरु कैयौं छालासम्बन्धि समस्या पनि निम्त्याउने गर्छ ।

मेकअपको साथमा सुत्नु गलत

कैयौं मानिस अफिसबाट घर फर्केलगत्तै मेकअप हटाउन अल्छी मान्छन् र त्यसै सुत्ने गर्छन् । जबकि, यस्तो बानीले अनुहारमा मात्र नभई छालामा समेत असर पर्न सक्छ । र, छाला खराब हुनसक्छ ।

सामान्यतया अनुहारमा मेकअप लगाएर सुत्दा छालाका क्षिद्र त्यसका कारण राति बन्द रहने गर्छ । त्यसबाट छालाका क्षिद्रहरुमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन सक्दैन ।

त्यसका कारण छालामा स-साना प्वाल पर्ने गर्छन् । त्यति मात्र होइन, अनुहारको मेकअपलाई बेस्सरी रगडेर हटाउँदा अनुहारका छाला कडा हुने तथा खस्रो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ ।

आई मेकअप

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । त्यसैले, आँखाको सुरक्षालाई कायम गर्न पनि हेरचाह जरुरी छ । त्यसैले आँखाको मेकअप हटाउँदा कहिल्यै टिस्यु वा ट्वाइलेट पेपर प्रयोग नगरौं । बरु, आई मेकअप रिमुभरको प्रयोग गरौं ।

कटन बल (कपासको डल्लो)लाई आई मेकअप रिमुभरमा भिजाएर हल्का हातले आँखाको मेकअप उतार्ने प्रयास गरौं । यदि उक्त मेकअप वाटर प्रुफ छ वा आँखाको मस्करा वाटर प्रुफ छ भने त्यसलाई हटाउन ओलिभ तथा बेबी आयलको प्रयोग गर्न सकिन्छ । यसले बिनाकुनै नोक्सानी आँखाको मेकअपलाई सुरक्षित तरिकाले हटाउन मद्दत गर्छ ।

अनुहारको मेकअप

अनुहारको मेकअप उतार्न उत्तिकै जरुरी छ । त्यसका लागि जहिले पनि अल्कोहल प|mी क्लिंजर तथा नन सोपी मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर विस्तारै पुछी अनुहारमा लगाएको फाउन्डेसनका साथै अनुहारको मेकअप हटाउन सकिन्छ ।

त्यसबाट अनुहार राम्ररी सफा हुन्छ । साथै, अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरले अनुहारलाई हानी पुर्‍याउँदैन । र, अनुहारको प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ ।

ओठको मेकअप

ओठको मेकअप हटाउने सबैभन्दा सरल उपाय भनेको पेट्रोलियम जेलीको प्रयोग हो । पेट्रोलियम जेलीलाई ओठमा लगाएर त्यसलाई टिस्यु पेपर वा नरम कपडाले विस्तारै सफा गरेमा पनि अनुहारमा हानी हुँदैन ।

यस्तै, कोल्ड क्रिमको प्रयोगद्वारा पनि ओठको लिपस्टिक राम्ररी हटाउन सकिन्छ । यसका लागि ओठमा कोल्ड क्रिमको प्रयोग गरेर करिब दुई मिनट राख्ने र नरम कपडाको सहायताले त्यसलाई राम्ररी सफा गर्ने । यसरी ओठको मेकअप हटाइसकेपछि त्यसमा मोइस्चराइजर क्रिम लगाउन जरुरी छ ताकि ओठ सुख्खा नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment