२३ फागुन, काठमाडौं । चालु आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ ।
बुधबार मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवमा ८४.६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताएका हुन् ।
सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ । चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो ।
सरकारले विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहिरहँदा बजेटभन्दा बाहिरका कार्यक्रमका लागि (गैर बजेटरी माग) तीन खर्ब बढी रुपैयाँको माग आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ ।
सरकारका अनिवार्य दायित्वमा रहेका शीर्षकको लागि विनियोजन गरिएको रकम चालु खर्चको रुपमा खर्च गर्न नपाउने व्यवस्था अर्थमन्त्रालयले गरेको छ ।
यी पनि पढ्नुस्
२ खर्ब २५ अर्बमा स्थानीय तहले गरे ६९ अर्ब खर्च
बजेटको मध्यावधि समीक्षा: आर्थिक वृद्धिदर ६ प्रतिशत मात्र
प्रतिक्रिया 4