+
+

पोखराको ‘एलजी ग्रुप’का ललितसहित ३ पक्राउ

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २५ गते १९:५९

२५ चैत, पोखरा । पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ललितलाई पक्राउ गरेको हो । ‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाउँदै आएका ललित यसअघि पनि पटकपटक पक्राउ परेका थिए । गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ ।

ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए ।

ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । ‘धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरेका हौं,’ एसपी सिंहले भने, ‘क-कसलाई धम्की दिएका थिए र कति चन्दा असुल गरिरहेका थिए भन्ने अनुसन्धान भइरहेको छ ।’

पोखरा-१२ बस्ने ३४ वषर्ीय ललितसँगै शितलादेवी बस्ने २६ वषर्ीय दिपेन्ऽ परियार र पोखरा-५ बस्ने २५ वषर्ीय संगम थापा पक्राउ परेका हुन् । आइतबार नै म्याद थप गरेर अनुसन्धान थालिरहेको एसपी सिंहले बताए ।

चन्दा, हातहतियार, कुटपीट लगायतमा पक्राउ परेका पटके गुन्डा हुन् । कास्कीको सुरक्षा स्थितिलाई बलियो बनाउन १५ वुँदे कार्ययोजनासहित अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान चलाइरहेको छ ।

गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?