३१ वैशाख, काठमाडौं । दरबारमार्ग सामूहिक बलात्कार प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालय समक्ष पेश गरेको छ ।
परिसरका डिएसपी मोहन थापाका अनुसार सोमबार दिउँसो प्रतिवेदन बुझाइएको हो । प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी भनिएका शैलेश कार्की यसअघि नै पक्राउ परिसकेका छन् भने अन्य ३ जना फरार छन् ।
घटनामा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको छ । उनीहरुको खोजीका लागि इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गर्ने तयारी गरिएको छ ।
चारै जनाविरुद्ध संगठित अपराधविरुद्धको मुद्दा चलाइएको छ ।
यस्तो थियो घटना
दाङ घर भएकी पीडित युवतीको शैलेश कार्कीसँग फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी अघि बढ्दै जाँदा उनीहरुको चिनजान प्रेममा परिणत भयो ।
युवतीको बयान अनुसार सोही अनुरुप कार्कीले युवतीलाई दरबारमार्गको ल्याण्डमार्क होटलमा बोलाए । तर, होटलमा कार्की एक्लै थिएनन्, उनले अरु तीनवटा कोठा बुक गरेर आफ्ना तीन जना साथी राखेका थिए ।
युवकहरु मदिरामा मस्त भएका बेला राति आफूमाथि सामूहिक बलात्कार भएको युवतीको दाबी छ ।
घटनालाई मिलाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालिन प्रहरी अधिकारी नै अग्रसर भएपछि यो बलात्कार प्रकरण चर्चामा आएको थियो ।
यो पनि पढ्नुहोस्
‘बलात्कार’को मिलापत्रः प्रहरीकै रोहवरमा ३० लाख लेनदेन
दरबारमार्ग काण्डः ‘ब्वाइफ्रेण्ड’कै सहयोगमा बलात्कार ?
पीडित युवतीको मेडिकल रिपोर्टः बलात्कार भएको ‘प्रमाण’ देखिएन
दरबारमार्ग बलात्कार प्रकरण : महानगरीय प्रहरीले पनि बनायो छानबिन समिति
दरबारमार्ग बलात्कार प्रकरण : इन्स्पेक्टर थुनामा, युवती ‘फरार’
दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ मोडः पीडित युवतीले फेरिन् बयान
दरबारमार्ग बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए
प्रहरी वृत दरबारमार्गका इन्स्पेक्टर ठकुरीलाई निलम्बन गर्न सिफारिस
प्रतिक्रिया 4